भानु सन्देश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भानु नगरपालिका–८ को वडा अधिवेशनमा सहभागी हुन आएका पार्टीका उपसभापति तथा प्रख्यात अर्थविद् डा. स्वर्णिम वाग्लेको भव्य स्वागत गरिएको छ। बाजागाजासहित गरिएको स्वागतले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।
वैकल्पिक राजनीतिक शक्तिहरूको एकतामा त्याग, निष्ठा र समर्पणको पर्याय बनेका डा. वाग्ले हालै सम्पन्न उपनिर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट अत्यधिक मतसहित विजयी भएका नेता हुन्। कार्यक्रममा देखिएको जनउत्साहले स्थानीय तहमा रास्वपाप्रतिको बढ्दो आकर्षण र संगठन विस्तारमा थप ऊर्जा मिलेको नेताहरूले बताएका छन्।
नगर सभापति विष्णु प्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न भेलाले राजनीतिको उर्वर भूमि मानिने भानु नगरपालिका–८ मा नयाँ वडा कार्यसमिति गठन गरेको छ।
समितिमा सभापति: रञ्जन बच्काई,उपसभापति: नरेन्द्र कोइराला, सचिव: अनिल आचार्य, सदस्यहरू: विष्णु अधिकारी, कृष्ण लामा, रामप्रसाद देवकोटा, सबिना खड्का, सुजना पौडेल, शिवहरी पण्डित, मन्दिरा विक र प्रमिशा बानियाँ त्यसैगरी, मोहन बाबु बजगाईको संयोजकत्वमा प्रेम ढकाल र नरहरी ढकाल सदस्य रहने सल्लाहकार समिति समेत गठन गरिएको छ।
कार्यक्रममा मानकाजी श्रेष्ठ, डा. मनोहर प्रधान, हरिशरण आचार्य, पार्टी जिल्ला सभापति विश्वनाथ वास्तोला, ऊर्जा विभाग प्रमुख श्रीराम न्यौपाने तथा उपसभापति एवं अर्थविद् डा. स्वर्णिम वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी थिए। कार्यक्रमको सहजीकरण रञ्जन रोकाले गरेका थिए भने स्वागत मन्तव्य नगर सदस्य अनिता बगाले न्यौपानेले प्रस्तुत गरेकी थिइन्

