latest

आँबुखैरेनीमा गुरुङ समुदायले तमू ल्होसार धुमधामका साथ मनाए

Saturday, January 3

/ by Admin BHOLA THAPA

आँबुखैरेनी ।

 तनहुँको आँबुखैरेनीमा तमू (गुरुङ) समुदायले परम्परागत तथा सांस्कृतिक पर्व तमू ल्होसार भव्य रूपमा मनाएका छन्। तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद आँबुखैरेनी इकाई समितिको आयोजनामा पौष १५ गते तमू सम्बत् ३२,२७८ औँ नयाँ वर्षको अवसरमा ल्होसार पर्व सम्पन्न गरिएको हो।




आँबुखैरेनी–३ स्थित हाटबजारमा सप्री ल्हो (नाग वर्ग) को विदाई तथा त ल्हो (घोडा वर्ग) को स्वागतसहित कार्यक्रम गरिएको थियो।

 ल्होसारको अवसरमा मौलिक गुरुङ पोशाकमा सुसज्जित सहभागीहरूले सांस्कृतिक झाँकीसहित भव्य ¥याली निकालेका थिए।


कार्यक्रममा सांस्कृतिक प्रस्तुति, शुभकामना आदान–प्रदान, खेलकुद प्रतियोगिता तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमानसहित विभिन्न सामाजिक तथा सांस्कृतिक अगुवाहरूको सहभागिता रहेको थियो।





Don't Miss
© all rights reserved
made with by netKUTI