latest

आजदेखी स्वस्थानी व्रत सुरू

Saturday, January 3

/ by Admin BHOLA THAPA

काठमाडौं। पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म वैदिक सनातन धर्मावलम्बीहरूले माघ स्नान तथा स्वस्थानी व्रत सुरु गरेका छन्।

 सतीदेवीका अङ्ग पतन भएका शक्तिपीठमा देवीदेवताको वास छ भन्ने धार्मिक विश्वासका आधारमा यो परम्परा चल्दै आएको हो।



व्रतको सुरुआत पौष शुक्ल चतुर्दशीका दिन शुद्ध स्नान र स्वच्छ वस्त्र धारण गरेर गरिन्छ। व्रत अवधिभर बिहान माघ स्नान, दिउँसो पार्वतीसहित महादेवको पूजा र साँझ स्वस्थानी व्रत कथा वाचन गरिन्छ। माघ शुक्ल पूर्णिमाका दिन १०८ वटा जनै, सुपारी, पान, फूल, रोटी, अक्षता चढाएर व्रत समापन गर्ने परम्परा छ।


स्कन्द पुराणअनुसार चार हात भएकी, नीलकमल, खड्ग, ढाल र वरदमुद्रा लिएकी देवीलाई स्वस्थानी देवी भनिन्छ। यस व्रतले रोगव्याधि निको हुने, मनोकामना पूरा हुने र बिछोड भएका जोडीको पुनर्मिलन हुने विश्वास रहेको छ।


यसै अवसरमा काठमाडौं उपत्यकाको साँखुस्थित शालिनदीमा एक महिनासम्म माघ स्नान तथा माधवनारायण मेला सञ्चालन हुँदैछ। स्नान र दर्शनबाट पुण्य प्राप्त हुने विश्वासमा नेपाल तथा भारतबाट हजारौँ भक्तजन यहाँ आउने गरेका छन्।




Don't Miss
© all rights reserved
made with by netKUTI