१७ वैशाख-
संविधान लेखनका लागि दलहरुबीच राजधानीमा रस्साकस्सी चलिरहेकै बेला देशका
बिभिन्न ठाउँमा
आ-आफ्ना अधिकारका लागि प्रदर्शन गरि माग राख्ने काम
भइरहेको छ ।
पाँच दिनदेखि सुदुर पश्चिमाञ्चल बन्द गर्दै आएको अखण्ड सुदुर पश्चिम संघर्ष
समितिले आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरवारमा भेटी
ज्ञापनपत्र बुझाएको छ । संघर्ष समितिले सुदुर पश्चिमाञ्चललाई टुक्र्याउने
गरी दलगत प्रस्ताव अघि बढाइएकोमा बिरोध जनाउँदै माओवादी अध्यक्षलाई पत्र
बुझाएको हो ।।
