Responsive Ad Slot

latest

सहमतीय सरकार गठन हुने प्रयास अन्तिम चरणमा

Tuesday, May 1

/ by Admin BHOLA THAPA
लोकेन्द्र ओली / काठमाडौं, १९ वैशाख : दलहरुबीच राष्ट्रिय सहमतिको सरकर गठन हुने प्रयास अन्तिम चरणमा पुगेको छ । स्रोतका अनुसार १४ जेठ अघि नै नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने गरी तत्कालका लागि बाबुराम भट्टर्राई नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताइएको छ ।
प्रमुख दल र मधेसी मोर्चाबीच उक्त विषयमा सहमति स्रोतको दाबी छ । स्रोतका अनुसार सुरुमा प्रधानमन्त्री डा बाबुराम भट्टर्राईको नेतृत्वमा केही दिनका लागि कांग्रेस एमालेसहितको राष्ट्रिय सहमतिको सरकार बन्ने छ । “सरकार बनेको केही दिनमा नै भट्टर्राईले राजीनामा दिने छन र त्यसलगत्तै कांग्रेसको नेतृत्वमा सहमतीय सरकार बन्नेछ” स्रोतले भन्यो ।
प्रधानमन्त्री भट्टर्राईको नेतृत्वमा बन्ने सहमतीय सरकारमा आफूहरु सहभागी भए तत्काल प्रधानमन्त्रीले राजीनामा नदिइ धोका हुनसक्ने आशंकामा कांग्रेस, एमाले छन् । कांग्रेस, एमालेले जसरी भएपनि सहमतीय सरकारमा सामेल भएसंगै भट्टर्राईले राजीनामा दिने लिखित अडानमा छन र त्यही विषयमा कुरा अडिएको छ ।
यता माओवादी अध्यक्ष पुष्पकमल दाहाल भने कांग्रेस, एमालेसंग लिखित प्रतिवद्धता किन गर्नु पर्‍यो मौखिक कै प्रतिवद्धतालाई सकार भन्दै दौडिरहेका छन् ।
माओवादीबाट विगतमा गरेका धेरै लिखित प्रतिवद्धतामा धोका पाएका कांग्रेस, एमाले मौलिख प्रतिवद्धता मान्न कुनै पनि हालतमा तयार छैनन् । सोही विषयमा आज सिंहदवारमा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलासंग दाहालले छलफल गरेका छन् ।
माओवादी सकेसम्म मौखिक प्रतिवद्धतामै मुख्य दललाई मनाइ सहमतीय सरकारमा सहभागी गराउन कस्सिएको छ ।
विराटनगरमा आज प्रधानमन्त्री बाबुराम भट्टर्राईले ठूलो दल भएका हैसियतले माओवादी कै नेतृत्वमा सहमतीय सरकार बन्नु पर्ने बताएका छन् । उनले आफ्नै नेतृत्वको सरकारले १४ जेठमा संविधान जारी गर्ने बताएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI