Responsive Ad Slot

latest

भाडाका सवारीलाई बायाँ लेन

Tuesday, May 1

/ by Admin BHOLA THAPA
भक्तपुर, वैशाख १९ - ट्राफिक प्रहरीले सोमबारदेखि भाडाका सवारी चालकलाई बायाँ लेन प्रयोग गर्न निर्देशन दिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवसायीबीच सोमबार भएको छलफलमा यस्तो निर्णय भएको हो ।
मुलुककै फराकिलो तीनकुने सूर्यविनायक सडकमा यस्तो नियम लगाउन लागेको महाशाखा प्रमुख गणेशराज राईले बताए । बुधबारदेखि आइतबारसम्म उक्त रुटमा चल्ने भाडाका सवारी चालकलाई लेनबारे जानकारी दिइने भएको छ । पाँच दिनसम्म जानकारी गराएर सोमबारदेखि नियम उल्लंघन गर्ने चालकलाई जरिवाना गर्ने राईले बताए । उक्त नियम उल्लंघन गर्नेलाई दुई सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना हुने उनले बताए । ओभरटेक गर्दा पनि सकभर बायाँ साइडबाटै गर्नुपर्ने हुन्छ ।
बायाँ लेनबाट सवारी नचलाएर ट्राफिकले कागजपत्र लिएमा चालक आफैं ट्राफिक कार्यालय जानुपर्नेसमेत व्यवसायी र ट्राफिकबीच सहमति भएको छ । यसअघि सम्बन्धित समिति र व्यवसायीले चालकबाट लिएको कागजपत्र लिएर जरिवाना तिरिदिने गरेका थिए । बैठकमा कोटेश्वर पूर्व चल्ने यातायात व्यवसायी संघ/समितिका प्रतिनिधि सहभागी थिए । लेनको नियम पालना गराउन कोटेश्वर, गठ्ठाघर, सल्लाघारी र दरबारमार्गले यसको अनुगमन गर्छ । दुर्घटना न्यूनीकरण र बस स्टपमा हुने सवारीजाम कम हुने ट्राफिकले जनाएको छ । जापान सरकारले बनाइदिएको तीनकुने-भक्तपुर सडकको एकतर्फ दुई लेन रहेका छन् ।
प्रकाशित मिति: २०६९ वैशाख १९ ०१:०० कान्तिपुर संवाददाता
Don't Miss
© all rights reserved
made with by netKUTI