भानु ।
तनहुँको भानु नगरपालिका–१ सातबोटेमा भानु संस्कार मोन्टेश्वरी स्कूल स्थापना भई सञ्चालनमा आएको छ। बालबालिकाको प्रारम्भिक शिक्षालाई खेल, माया र व्यवहारिक सीपसँग जोड्ने उद्देश्यसहित विद्यालय गत साउन महिनादेखि सञ्चालनमा आएको हो।
विद्यालयले २ देखि ६ वर्ष उमेर समूहका साना बालबालिकालाई लक्षित गर्दै प्ले–बेस्ड लर्निङ प्रणाली अपनाएको जनाएको छ। खुला बाहिरी खेलमैदान, बालमैत्री तथा सुरक्षित वातावरण, साथै अनुभवी र तालिमप्राप्त शिक्षक–शिक्षिकाको व्यवस्था विद्यालयका प्रमुख विशेषता रहेको विद्यालय प्रशासनले जानकारी दिएको छ।
विद्यालयका अनुसार बालबालिकाको शारीरिक, मानसिक, सामाजिक तथा भावनात्मक विकासलाई समग्र रूपमा अघि बढाउने लक्ष्य राखिएको छ। विद्यालयकी प्रिन्सिपल निशा कंडेलका अनुसार बालमैत्री, सिपमूलक र मायालु वातावरणमा सिकाइ गराउनु विद्यालयको मुख्य प्राथमिकता हो।
“प्रारम्भिक उमेरमै सही संस्कार, व्यवहार र आत्मविश्वास विकास गराउन मोन्टेश्वरी पद्धति प्रभावकारी हुन्छ,” उनले भनिन्। साना बालबालिकाको सेवा गर्दै उनीहरूको उज्वल भविष्य निर्माणमा योगदान दिन पाउनु विद्यालय परिवारका लागि गौरवको विषय भएको कंडेलको भनाइ छ।
विद्यालयले आउँदो सरस्वती पूजाको अवसरमा विशेष छुटसहित भर्ना कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। निजी क्षेत्रबाट स्थानीयस्तरमै गुणस्तरीय प्रारम्भिक शिक्षा प्रदान गर्ने लक्ष्यसहित सञ्चालनमा आएको भानु संस्कार मोन्टेश्वरी स्कूलले भानु क्षेत्रका अभिभावकका लागि नयाँ र भरपर्दो शैक्षिक विकल्प थपेको छ।
विद्यालयले सन् २०२६ का लागि भर्ना खुला गरिएको जानकारी दिएको छ।
