तनहूँ खबर डट कम सम्वाददाता - आफ्नै नेतृत्वको सरकारले हटाएका बाग्मती नदि किनारका सुकुम्बासीलाई भेटेटर प्रधानमन्त्री बाबुराम भट्टराईले एनजीओहरुको कुराको पछि लाग्दा दुख पाएको बताएका छन् ।
उनले सरकारको निर्देशन नमान्न प्रेरित गर्ने संघ संस्थाको पछि लाग्दा सुकुम्बासीलाई समस्या परेको आरोप समेत सुकुम्बासीहरुलाई लगाए आईतवार विहान सुकुम्बासीहरुलाई भेटर प्रधानमन्त्री एनजीओको भनाईमा लागेर सरकारले दिएको राहत नदिएकोमा आक्रोस ब्यक्त गर्दै सरकारले एक दुई दिनमै पुर्नवासको बैकल्पिक ब्यवस्था गर्ने आश्वासन दिए ।
प्रधानमन्त्रैले चोभारस्थित हिमाल सिमेन्ट कारखानाको खाली जग्गामा अस्थायी बसोबासको व्यवस्था मिलाइने प्रतिबद्धता समेत ब्यक्त गरे ।