काठमाडौं, जेठ ९ - नेपाली कांग्रेसले नयाँ संविधानका विवादित विषयमा एक
भएर जाने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको बैठकले मतदानमा जादा
एकढिक्का भएर जाने निर्णय गरेको हो । यसअघि पार्टी निर्णय विपरित जातीय
राज्यको पक्षमा हस्ताक्षर गरेका १८ जना सभाषदले आत्मालोचना गरि पार्टी
निर्णय विपरित नजाने प्रतिवद्धता जनाएका दलका प्रवक्ता नविन्द्रराज जोशीले
जानकारी दिनुभयो ।
वैठकले जातीय सद्भाव कायम राख्न सवैसंग आग्रह पनि गरेको छ । संसदीय दलको वैठक वुधवार पनि बस्ने कांग्रेसले जनाएको छ ।
कांग्रेस संसदीय दललाई यो निर्णय गर्न नेकपा एमालेले निकालेको विज्ञप्तिले पनि मद्दत गरेको हो कि ? थप पढ्नुहोस् : कांग्रेस संसदीय दलको बैठकमा एमालेको विज्ञप्ति !
कांग्रेस संसदीय दललाई यो निर्णय गर्न नेकपा एमालेले निकालेको विज्ञप्तिले पनि मद्दत गरेको हो कि ? थप पढ्नुहोस् : कांग्रेस संसदीय दलको बैठकमा एमालेको विज्ञप्ति !