केशव सावद, कञ्चनपुर, जेष्ठ २३
कञ्चनपुरको रैकवार बिचवा गाविस–५
शान्तिपुरमा गएराति चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ । चट्याङ लागेर
शान्तिपुरका गणेश पार्कीकी १८ बर्षीया छोरी जानकी पार्कीको मृत्यु भएको हो ।
राति साढे १० बजेतिर चट्याङ लागेर अन्य चार जना सामान्य घाईते भएका छन् ।
घाइते चारै जना आज बिहान कैलालीको अत्तरियास्थित सेवा नर्सिङ होममा उपचार
गराएर घर फर्किएको स्थानिय गणेशराज जोशीले जानकारी दिनुभएको छ । चट्याङका
कारण गाउँमा रहेको उग्रतारा मन्दिरको भवन समेत चर्किएको छ ।