कतारमा कास्कीका बाढी पिडीतको सहयोगार्थ नेपाली चलचित्र सायद प्रदर्शन गरिने
दोहा, कतार ।
6जुन २०१२,
गत मई ५ तारिखका दिन सेती नदिमा आएको भिषण बाढीबाट प्रभावित कास्कीको उत्तरी क्षेत्रमा अवस्थित माछापुछ्रे गाविस र सार्दिखोला गाविसका परिवारको सहयोगार्थ कतारमा नेपाली कथानक चलचित्र सायद प्रदर्शन हुने भएको छ । सम्शरा थकाली भान्छा घरको व्यवस्थापनमा उक्त चलचित्र प्रदर्शन गर्न लागिएको व्यवस्थापक हरि पुनले जानकारी गराएका छन् । आउने जुन २२ तारिख शुक्रवारका दिन दोहा सिनेमा हलमा दिनको २ बजे एक सो हुने उक्त प्रदर्शनको विशेष सहयोगी संस्थामा तमू समाज कतार रहने आयोजक मध्येका एक तथा समाजका अध्यक्ष बिमल गुरुङले बताए ।
सुनिल रावलले निर्माण गरेको र नया“ पिढीका यूवाहरुको कथा बस्तु समेटिएको चलचित्र सायदमा संयम पुरी नायकको रुपमा देखा परेका छन् । चलचित्रले समाजमा भएको व्याप्त लागु औषध दुव्र्यसनिले नेपाली समाजको यूवा पिढीलाई पारेको प्रभाव वारे प्रष्टयाउन खोजिएको छ । दुर्गिश फिल्मसको व्यानरमा निर्माण गरिएको उक्त चलचित्रका अन्य कलाकारहरुमा विल्शन बिक्रम राई, झरना थापा, रितिका लामा, अनिता दाहल, गोपाल याक्थेन आदि छन् ।
सुरज सुब्बा नाल्वोको निर्देशन रहेको यस चलचित्र सायदले लुट र चपली हाईट वरावरको व्यापर गर्न सफल भएको निर्माता रावल बताउछन् । कतारमा पनि यसले राम्रो व्यापर गर्ने छ र विशेष गरि कास्कीका बाढी पहिरो प्रभावित परिवारको सहयोगार्थ प्रदर्शन गर्न लागिएकोले कतारवासी नेपालीहरुको माया यस चलचित्रले पाउने कुरामा अर्का आयोजक भविन्द्र तामाङ बताउछन् ।
हरि पुन, बिमल गुरुङ, भविन्द्र तामाङ र मिनबहादुर सुनाम आयोजक रहेको चलचित्र सायदको टीकट विशेष सहयोगी संस्था तमू समाज कतारका पदाधिकारी तथा सदस्यहरु मार्फत प्राप्त गर्न सकिने आयोजकहरु बताउछन् । विशेषतः मानविय सहयोगको पवित्र उद्देश्यले कतारमा प्रदर्शन गर्न लागिएको यस चलचित्र हेरि दिन कतारवासी नेपालीहरुलाई आयोजकहरुले हार्दिक अनुरोध गरेका छन् ।