चितवन, जेठ २४

राजश्व अनुसन्धान विभागका निर्देशक भरतराज सुबेदी र डिएसपी केडी श्रेष्ठ
नेतृत्वको टोलीले आफुहरुसंग घुस मागेको दावी गर्दै ब्यापारीले प्रदर्शन
गरेका हुन् । तर सरकारी टोलीले घुस नमागेको बताएको छ । ब्यापारीले अहिले
नारायणघाटका विभिन्न ठाउँमा प्रदर्शन गर्दै बजार बन्द गराएका छन् भने गाडी
पनि चल्न दिएका छैनन् । उनीहरुले राजश्व अनुशन्धान विभाग काठमाडौंको बा १ झ
९१३५ नम्बरको गाडी पनि जलाईदिएका छन् ।