Responsive Ad Slot

latest

मकवानपुरमा गएराति लागु औषधसहित चार जना पक्राउ ।।

Saturday, June 9

/ by Unknown
सुजीता न्यौपाने, मकवानपुर, जेष्ठ २७
मकवानपुर प्रहरीले गएराति लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ । मकवानपुरको चुरियामाईं ३, रातोमाटेमा चेकजाँचका क्रममा बा १ क ९३२ नं को ट्रकबाट दुई जनालाई ८४ पोका लागुऔषधसहित पक्राउ गरिएको हो । शरिरमा लुकाइराखेको डाइजेपाम ३५, फेनारगन १४, नुर्फिन २७ पोका बरामद गरिएको हो । सिन्धुपाल्चोक, भोटेचौर २ का वर्ष २४ का अजय लामा र भारतको पुर्वि चम्पारण बस्ने वर्ष २३ का सुमित कुमारलाई नियन्त्रणमा लिइएको छ । यस्तै चुरियामाईं ३, रातोमाटेमा चेकजाँचका क्रममा विरगञ्जबाट हेटौंडातर्फ आउदैं गरेको ना १ ज १७२२ नं को माइक्रो भेनमा दुई यात्रुको साथबाट करिब सय ग्राम खैरो हिरोइन बरामद गरिएको छ । बारा निजगढ ९ बस्ने वर्ष २१ का मनोज परियार र काठमाडौं, पशुपति बस्ने वर्ष २२ का राजेश कार्की खैरो हिरोइनसहित पक्राउ परेका हुन् । चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI