काठमाडौ, जेष्ठ २७
रुसले चेक रिपब्लिकमाथि ४-१ को जित रच्दै
युरो कप २०१२ मा शुक्रबार उत्कृष्ट सुरुआत गरेको छ । कप्तान आन्द्रेइ
आर्सभिनद्वारा प्रेरित रुसले उत्कृष्ट रुपमा आक्रमक फुटबल पस्केको थियो ।
यस्तोमा चेक टिमले कहिलेकाहि काउन्टर एट्याक गरेको थियो । तर उसले चार
बर्षअघि अन्तिम चारमा पुगेको रुसलाई रोक्न सकेन । रुसले पहिलो र दोस्रो
हाफमा दुई(दुई गोल गरेको थियो ।
एलन जाकोएभको गोलसँगै रुसले १५ औं मिनेटमा
अग्रता लिएको थियो । रोमन सिरकोभले २४ औं मिनेटमा दोस्रो गोल गरे ।
भाक्लाव पिलारले दोस्रो हाफको सुरुमै गोल गरेपछि चेक रिपब्लिक १(२ को
स्थितिमा पुगेको थियो । जाकोएभले व्यक्तिगत दोस्रो गोल ७९ औं मिनेटमा
गरेपछि रुस ३(१ ले अघि बढ्यो । सब्स्टिच्युट स्ट्राइकर रोमन
पब्ल्युचेन्कोले ८२ औं मिनेटमा चौथो गोल गर्दै रुसको जित पक्का गरे ।
जितसँगै रुस समूह ुएु मा तीन अंकसहित
अग्रस्थानमा रह्यो । उद्घाटन खेलमा १(१ को नतिजा निकालेका पोल्यान्ड र सन्
२००४ को च्याम्पियन ग्रीसको १(१ अंक छ । पहिलो खेलमै हार बेहोरेको चेक
रिपब्लिक अंकविहिन छ । रुसले दोस्रो खेलमा सह(आयोजक पोल्यान्डको सामना
गर्नेछ । त्यसमा जित हात पारे रुस नकआउट चरणमा स्थान सुरक्षित गर्ने पहिलो
टिम हुनेछ ।
आज ९ शनिबार० राति हुने खेल
नेदरल्याड विरुद्ध डेनमार्क ९:४५ र
जर्मनी विरुद्ध पोचुर्गल १२ :३०
श्रोत -कान्तिपुर