Responsive Ad Slot

latest

आज राजधानीमा राप्रपा नेपालको शक्ति प्रदर्शन ।।

Saturday, June 9

/ by Admin BHOLA THAPA
काठामाण्डौं, जेष्ठ २७
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज राजाधानीको खुलामञ्चमा आमसभा गर्दै छ । संविधानसभा भङ्ग भइसकेपछि उत्साहित देखिएको राप्रपा नेपालले आजको सभालाई शक्ति प्रदर्शनको रूपमा लिएको छ । हिन्दू राष्ट्र, संवैधानिक राजतन्त्र, सङ्घीयताको विरोधमा पार्टीको धारणा राख्न र स्वतन्त्र चुनावी सरकार गठनका लागि दबाब दिने उद्देश्यले सभा हुन लागेको राप्रपा नेपालका काठमाडौं जिल्लाका सभापति श्यामप्रसाद घिमिरेले सीआईएनलाई जानकारी दिनुभयो । उपत्यकाका तीन जिल्ला र छिमेकी जिल्लाहरूबाट गरी लाखौं जनसमुदाय सभामा सहभागी हुने घिमिरेले दाबी गर्नुभयो । सभामा केन्द्रीय अध्यक्ष कमल थापालगायतका नेताहरूले सम्बोधन गर्नुहुने कार्यक्रम छ । दिउँसो साढे १ बजेपछि सुरु हुने सभाअघि राजधानीका विभिन्न स्थानबाट ¥याली निस्कने पार्टीले जनाएको छ । संविधानसभाको विघटन र नयाँ चुनाव गर्ने निर्णयलाई राप्रपा नेपालले स्वागत गरेको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI