तनहुँ खबर डट कम सम्बादात ,काठामाण्डौं, जेष्ठ २७
पार्टीको बैठक बसिरहेका बेला अचानक बेहोस्
भएपछि राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री
सूर्यबहादुर थापालाई राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
काठमाडौंको ज्ञानेश्वरमा रहेको पार्टी कार्यालयमा बैठक बसिरहेको बेला
बोल्दाबोल्दै नाकबाट रगत बगेपछि थापा बेहोस् हुनुभएको थियो । उहाँलाई
तत्काल अस्पताल पु¥याइएकोले स्वास्थ्य अवस्थामा सामान्य सुधार आएको उपचारमा
संलग्न चिकित्सकहरूले जानकारी दिएका छन् । उहाँको अहिले भेन्टिलेटरमा
राखेर उपचार गराइँदै छ । अहिले थापालाई चिकित्सकहरूले २४ घन्टे निरीक्षणमा
राखेका छन् ।