कपिल ज्ञवाली
बुटवल,असार ४
अर्घाखांची ठूलापोखरा सम्पर्क समाज बुटवलले २०६८ को एसएलसि परिक्षामा पश्चिमाञ्चल टपर सागर पन्थी सहित बिभिन्न बिद्यार्थीलाई बुटवलमा सम्मान गरेको छ । समाजले एसएलसिमा ९३ दशमलव ५ प्रतिशत ल्याएका अर्घाखांची ठूलापोखरा ९ घर भई शंकरनगरको स्मृति बोडिङ्मा अध्ययनरत सागर र ठूलापोखरा सम्पर्क समाजका पदाधिकारीका छोराछोरी सहित ९ जनालाई सम्मान गरेर उज्जवल भबिष्यको कामना गर्दै सम्मान गरेको हो । समाजका अध्यक्ष राम प्रसाद बञ्जाडेको अध्यक्षता सम्पन्न कार्यक्रममा उत्कृष्ट बिद्यार्थीहरुलाई अबिर,माला तथा प्रमाणपत्रले सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै स्मृति बोडिङ्का प्राचार्य हरि ज्ञवालीले शिक्षक, बिद्यार्थी तथा अभिभाबकको त्रिपक्षीय सम्बन्ध र बिद्यार्थीको अथक मेहनतले गर्दा उत्कृष्ट नतिजा आएको बताउनुभयो । सो अबसरमा समाजका पूर्व अध्यक्ष राजेन्द्र प्र पाण्डे,पश्चिमाञ्चल टपर सागर पन्थी,समाजका उपाध्यक्ष भोजराज पाण्डे,सचिब गणेश भट्टराई,आजिबन सदस्य प्रकाश राना,टीकाराम बञ्जाडे,बाणिज्य बैंक बुटवल प्रबन्धक टीकाराम केसी,रामनाथ पाण्डे,स्मृति बोर्डिङका अध्यक्ष उमाकान्त चापागाई लगायतले बोल्दै उत्कृष्ट बिद्यार्थीलाई जन्मठाउको मायालाई नभुल्न आग्रह गर्दै उज्वल भबिष्यको कामना गरेका थिए । सम्पर्क समाजले बिभिन्न समयमा सामाजिक कार्य गर्दै आईरहेको छ ।