Responsive Ad Slot

latest

सुन नेपालमा हालसम्मकै महँगो भएको छ।

Friday, June 15

/ by Admin BHOLA THAPA
काठमाडौं, असार १ - अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र डलरको मजबुँदीले सुन नेपालमा हालसम्मकै महँगो भएको छ। बिहीबार सुन ५७ हजार २ सय रुपैयाँ तोलामा कारोबार भयो। बुधबारको ५६ हजार ९ सय ५० रुपैयाँ तोलामा कारोबार भएको थियो।
नेपाली बजारमा बिहीबार सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १ हजार ६ सय २२ डलर रहेका बेला तोकिएको हो। बुधबार भने १ हजार ६ सय ९ डलर हँुदा मूल्य तोकिएको थियो। 'अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्नुका साथै सेयर बजार ओरालो लाग्नु र डलर बलियो हुनुले यहाँ भाउ बढेको हो,' नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने।

गत साता पनि नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको थियो। गत साताको आइतबार र बुधबार नेपाली बजारमा हालसम्मकै सबैभन्दा महँगो बनेको सुन बिहीबार र शुक्रबार सस्तिएको थियो। गत साताको आइतबार तोलाको ५६ हजार ८ सय रुपैयाँ तोलामा कारोबार भएको सुन सोमबार र मंगलबार घटे पनि बुधबार बढेर ५६ हजार ९ सय पुगेको थियो।

युरोपमा देखिएको आर्थिक समस्याले त्यहाँको सेयर बजारमा तीव्र उतार चढाव आउँदा त्यसको असर सुनको मूल्यमा देखिँदै आएको छ। सेयर बजारमा गिरावट आउदा सुनको माग बढी सुनको भाउ बढ्छ। सेयर बजार सुध्रेका बेला माग कम भई सुनको मूल्यमा कमी आउँछ। युरोपेली अर्थतन्त्रमा स्थायीत्व नआइकन सुनको मूल्यमा स्थिरता कायम नहुने व्यवसायी बताउँछन्। नेपालमा भने अमेरिकी डलर बलियो हुँदा पनि लागत बढेर सुनको मूल्यवृद्धि हुन्छ।
Don't Miss
© all rights reserved
made with by netKUTI