
राजधानीको खुल्लामञ्चमा आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘हामीले संविधान निर्माणका लागि धेरै विषयमा सम्झौता गर्यौं तर संघीयता र पहिचानमा समेत सम्झौता गरेको भए म मात्रै होइन हाम्रो पार्टी नै सिद्धिने खतारा थियो ।’ भन्नुभयो । उहाँले जेठ २६ गतेको २६ दलको आमसभा र २७ गतेको राप्रपा नेपालको सभाप्रति लक्ष्य गर्दै भने, ‘उहाँहरुले गाएको र माओवादीले सुसेलेको के कति अन्तर छ, बुझिदिए पुग्छ । ‘हामीले साँच्चै गायौं भने कस्तो होला ?’ प्रचण्डको प्रश्न थियो । जेठ १४ ले परिवर्तनकारी शक्ति र परिवर्तन नचाहने बीचको कित्ता छुट्याएको छ । कांग्रेस र एमालेप्रति लक्ष्य गर्दै प्रचण्डले एकात्मक सामन्तवादी सोच भएकाहरूले संविधान बन्न नदिएको बताउनुभयो ।
प्रधानमन्त्रीले कांग्रेस, एमाले लगायतका दललाई आवेगमा आएर राष्ट्रपतिलाई संवैधानिक घेराभन्दा बाहिर नतान्न आग्रह गर्दै यसमा राष्ट्रपति सचेत रहेको बताउनुभयो ।