अज्ञात व्यक्तिहरुले प्रहार गरेको गोली लागेर ज्यान गुमाएका सर्वोच्च अदालतका पूर्व न्यायाधीश रणबहादुर बमलाई सरकारले सहिद घोषणा गरेको छ । सर्वोच्च अदालतका बहालवाला न्यायाधीश बमको गएको जेठ १८ गते बिहान काठमाडौको शङ्खमुल नजिकै गोली हानी हत्या गरिएको थियो । आज विहान बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले न्यायाधीश बमलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले मृतक बमको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि गरेको शिक्षामन्त्री दीनानाथ शर्माले जानकारी दिनुभयो । बमको हत्याको बारेमा उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने र गोली लागेर घाइते भएकाहरुको निशुल्क उपचार गर्ने निर्णय पनि पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ । झापामा हत्या गरिएका पत्रकार यादव पौडेलको बारेमा छानबिन गर्न गठित समितिको म्याद १५ दिन थप्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ ।