सन्तोष श्रेष्ठ तनहुँ खबर डट कम
यो हेर्दा लाग्दछ,साचिनै क्लब भनेको युवाहरुकै
नेत्रित्वमा हुनुपर्छ!युवाहरुको नेत्रित्वमा कार्यसमिती गठन गरी भोलिपल्ट
सार्वजनिक सुचना मार्फत साधारण सदस्य बन्न आह्वान गरेकोमा उत्साहजनक रुपमा
एकै दिनमा १३० एक सय तिस जनाले क्लबको साधारण सदस्य बने!१६ देखी ५५ बर्ष
सम्मको उमेर समुह लाई लक्षित गरिएकोमा ५५ बर्ष भन्दा माथिका अनी १६ बर्ष
मुनिका ब्यक्ती हरु तिमीहरुले हामीहरुलाई पनि सदस्य बनाउनु पर्छ भनेर जिद्दी
गरेको देख्दा लाग्दथ्यो साचिनै भन्सारमा क्लब मातहतमा रहेर मानिस हरु
एकढिक्का भएर अगाडि बढन चाहन्छन्!देश नै संकटकालिन अवस्थामा रहेको बेला
परिवर्तन का सम्बाहक हामी युवाहरुले राज्यको भर नपरी "आफ्नो गाउ आँफै
बनाउ"भन्ने मान्यता राख्दै अगाडि बढनुपर्दछ!पुरानो आय ब्यय को हिसाबनै नभएकोले आर्थिक रुपमा निकै कमजोर हाम्रो क्लब लाई स्वदेश अनी बिदेशमा बस्नुहुने सम्पूर्ण शुभचिन्तक हरुको सहयोगको आबश्यक्ता छ!
पहिलो कार्यक्रम स्वरुप आज मात्र बिग्रिएको सडक बत्तिको निर्माण सम्पन्न भएको छ!आगामी शनिबार बजार सरसफाइ को कार्यक्रम रहेको छ!बिभिन्न किसिमका सुचनात्मक बोर्ड राख्ने काम तिब्रताका साथ सुरु हुन गैरहेको छ!
यो पवित्र कार्यमा सकृयाताका साथ लाग्ने कार्यसमितिका पदाधिकारीहरु ,भाइ बहिनिहरु,सल्लाह दिने बुद्दिजिबिहरु अनी महत्वपूर्ण भूमिका खेल्ने श्री बिष्णु अधिकारि,पारस थापा,सन्तोष श्रेष्ठ,इश्वर थापा,केशब श्रेष्ठ लगायत लाई भन्सार बजार धन्यवाद दिन चाहन्छ!,अझ अगाडि बढनको लागि सदैब साथ दिने बाचा गर्दछ!