Responsive Ad Slot

latest

कतारबाट कास्कीका बाढी पिडीतलाई १७ हजार रियल सहयोग संकलन

Thursday, June 7

/ by Admin BHOLA THAPA
कतारबाट कास्कीका बाढी पिडीतलाई १७ हजार रियल सहयोग संकलन
दोहा, कतार ।
०६ जुन, २०१२
तमु समाज कतारका सल्लाहकार बिलबहादुर गुरुङको संयोजकत्वमा गठित कास्की बाढी पिडीत सहयोग समिति २०१२ कतारलाई थप १ हजार १८ राहत रकम प्राप्त भएको संयोजक गुरुङले बताएका छन ।
तमू समाज कतारका अध्यक्ष बिमल गुरुङको सकृयतामा थप क.रि.३ सय ६९ र तमू समाज कतार, पुर्वाञ्चल सम्पर्क समितिका अध्यक्ष भाई काजि गुरुङको सकृयतामा फेमिली फुड कतारमा कार्यरत नेपालीहरुबाट क.रि.५ सय साथै गुल्मी सेवा समाज कतारको तर्फबाट प्रमुख सल्लाहकार द्रोणबहादुर बस्नेत मार्फत क.रि.१ सय २२ गरि कुल कतारी रियल १ हजार १८ थप राहत सहयोग रकम समितिलाई प्राप्त भएको जनाईएको छ ।

तीन चरणमा संकलित यस राहत सहयोग मध्ये गत १८ मई शुक्रवारका दिन क.रि.५,२१७ र नेपाली रुपैया ५०० संकलन भएको थियो भने गत १ जुन शुक्रवारसम्ममा क.रि.११ हजार २ सय ५ र माथि उल्लेखित थप क.रि.१ हजार १८ गरि बाढी पिडीतको राहत सहयोगको लागि हालसम्म कुल क.रि.१७ हजार ४ सय ४० र नेपाली रुपैया ५०० राहत सहयोग रकम संकलन भएको छ । यो राहत रकम यहि आउने विहिवारसम्ममा रेडियो अन्नपुर्ण पोखराले स्थापना गरेको बाढी पिडीत राहत कोषमा जम्मा गरि सक्ने संयोजक गुरुङले जानकारी दिए ।

गत मई १० तारिखमा समितिको तर्फबाट सेती नदिमा आएको बाढीबाट माछापुछ्रे र सार्दीखोला गाविसका  प्रभावित  परिवारलाई सहयोग गर्ने पवित्र उद्धेश्यका साथ राहत संकलनमा सहयोग गर्न अनुरोध गर्दै एक अपिल जारी भएको थियो । यो मानविय सहयोगमा कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबाट ठूलो सहयोग प्राप्त भएको छ भने यहा स्थित सकृय नेपाली सामाजिक संघ÷संस्थाहरुको महत्वपुर्ण र उल्लेख्य भुमिका रहेको संयोजक गुरुङले बताएका छन । अन्य व्यक्ति तथा संघ÷संस्थाले पिडीतलाई सहयोग गर्न चाहेको अवस्थामा रेडीयो अन्नपुर्ण पोखराले राहत कोषको लागि स्थापना गरेको सीटी डेभलोपमेण्ट बैंकको बचत खाता नम्बर ३००१ एच र ओम फाईनन्समा बचत खाता नम्बर ५००० मा सिधै रकम जम्मा गर्न सकिने पनि संयोजक गुरुङले बताए
Don't Miss
© all rights reserved
made with by netKUTI