Responsive Ad Slot

latest

प्रधानमन्त्री भट्टराई भेटघाटमा सक्रिय, सहमतिका लागि आग्रह ।।

Thursday, June 7

/ by Admin BHOLA THAPA
काठमाण्डौं, जेष्ठ २५
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा सहमति जटाउन राजनीतिक भेटघाट जारी राख्नु भएको छ । पूर्वप्रधानमन्त्रीसँग छलफल गर्ने सिलसिलामा आज बिहान सुर्यबहादुर थापालाई भेटवार्ता भएको छ । बिहान थापाको निवास मालिगाउँमा भएको भेटमा प्रधानमन्त्री भट्टराईले राष्ट्रिय सहमतिका लागि आफूलाई सहयोग गर्न आग्रह गर्नुभयो । आफू राष्ट्रिय सहमतिको पक्षमा रहेकाले सहमतिको लागि सहयोग थापालाई आग्रह गरेपनि जवाफमा थापाले भने तत्काल राजीना दिएर मात्रै सहमतिको मार्ग प्रसस्त हुने भएकाले कुर्सी छाडेर सहमतिका लागि वातावरण बनाउन भट्टराईलाई गर्नुभयो ।
राजीनामा नदिई यथास्थितिबाट समाधान खोजे अझ जटिलता थपिनेमा आफूले प्रधानमन्त्रीलाई सचेत गराएको राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री थापाले बताउनुभयो । प्रधानमन्त्री भट्टराईले अहिलेको संक्रमणकालमा निर्वाचन वाहेकको उपयुक्त लोकतान्त्रिक प्रक्रिया अर्को नरहेकाले त्यसमा जानुपर्ने प्रस्ताव गरको भट्टराईका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिनुभयो । प्रधानमन्त्रीले सरकार, संविधान र निर्वाचन सबै विषयमा प्याकेजमै सहमति खोज्न सकिने पनि प्रस्ताव गर्नुभयो । अहिले प्रधानमन्त्री भट्टराईले लोकेन्द्रबहादुर चन्दसँग छलफल गरिरहनु भएको छ । चन्द निवास भत्तपुरको लोकन्थलीमा जारी छलफलमा निकासका सम्भावना र सरकारले घोषण गरेको चुनावका विषयमा कुराकानी भइरहेको छ । प्रधानमन्त्रीले यसअघि पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, शेरबहादुर देउवासँग छुट्टाछुट्टै छलफल गर्नुभएको थियो ।

Don't Miss
© all rights reserved
made with by netKUTI