काठमाण्डौं, जेष्ठ २५
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल
दाहाल प्रचण्ड र संयुक्त राष्ट्र सङ्घका महासचिव वान कि मुनका विशेषदूत
स्यामुअल ताम्राटबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डको निवास
लाजिम्पाटमा आज भएको भेटमा पछिल्लो समयमा विकसित नेपालको राजनीतिक घटनाक्रम
र संविधानसभाबाट संविधान नबनेको विषयमा छलफल भएको थियो । भेटमा विशेषदूत
ताम्राटले संविधानसभाबाट संविधान बन्न नसक्नु दुःखद् भएको बताउँदै राजनीतिक
दलहरुले सहमतिमै नेपालको भाग्य र भविष्यको फैसला गर्नुपर्नेमा जोड
दिनुभएको अध्यक्ष प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो । अध्यक्ष
प्रचण्डले राजनीतिक दलहरुका बीचमा सङ्घीयताको विषयमा सहमति हुन नसक्दा
संविधान बन्न नसककेको बताउँदै पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको
संविधान बनाउनका लागि केही राजनीतिक दलहरु सहमत नभएका कारण देशले निकास
पाउन नसकेको बताउनु भएको थियो । ताम्राटले राजनीतिक दलहरुबीच नयाँ सहमति
गरेर देशलाई अगाडि बढाउनका लागि अनुरोध गर्नुभएका प्रचण्डको निजी सचिवालयले
जनाएको छ ।