Responsive Ad Slot

latest

अफगानिस्तानका राष्ट्रपति हामिद कारजाईले सहयोगलाई निरन्तरता दिन अन्तर्राष्ट्रिय दातासंग आग्रह

Sunday, July 8

/ by Admin BHOLA THAPA
असार २४ – अफगानिस्तानका राष्ट्रपति हामिद कारजाईले सहयोगलाई निरन्तरता दिन अन्तर्राष्ट्रिय दातासंग आग्रह गर्नुभएको छ । तालिबानको पतन पछि हासिल भएको राजनीतिक र आर्थिक उपलब्धीको रक्षाका लागि अन्तर्राष्ट्रिय सहयोग अत्यावश्यक हुने भन्दै कारजाईले यस्तो आग्रह गर्नुभएको हो ।जापानको राजधानी टोकियोमा शुरु भएको दातृ राष्ट्रको सम्मेलनलाई सम्बोधन गर्दै अफगानी राष्ट्रपति कारजाईले पछिल्लो १० वर्षमा अन्तर्राष्ट्रिय समुदायको सहयोगमा संघर्ष र विनाशको स्थितिबाट माथि उक्लिने दिशामा देशले उल्लेखनीय प्रगति गरेको भन्दै थप सहयोगको अपेक्षा गरेको बताउनुभयो । सम्मेलनमा राष्ट्रसंघका महासचिव बान की मूनले शासन, न्याय, मानवअधिकार, रोजगारी र सामाजिक विकासमा गरिने लगानी असफल भए त्यसले अहिले सम्मको लगानी र बलिदानी खेर जाने भन्दै बानले त्यसप्रति सचेत रहन दाताहरुलाई आग्रह गर्नुभयो ।अन्तर्राष्ट्रिय सेना फिर्तिपछि अफगानिस्तानलाई गर्नुपर्ने सहयोगका विषयमा छलफल गर्न सम्मेलन आयोजना गरिएको हो । दाता राष्ट्रहरुले सहयोग रकम भ्रष्टाचारका कारण गुमाउनु नपरोस् भन्नका लागि असल शासन र पारदर्शीताप्रति अफगानी प्रतिबद्धता आउनुपर्नेमा जोड दिएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI