Responsive Ad Slot

latest

फालिएको राजतन्त्र अब फर्कन सक्दैन’:माधवकुमार नेपाल

Saturday, July 7

/ by Admin BHOLA THAPA
असार २३ – नेकपा ९एमाले० का वरिण्ठ नेता एवं पुर्ब प्रधानमन्त्री माधवकुमार नेपालले राजतन्त्र राख्ने सहमति नभएको स्पष्ट पार्नुभएको छ । शनिबार कुस्माबजारमा भएको नेकपा ९एमाले० धौलागिरी अञ्चलस्तरीय कार्यकर्ता भेलामा नेता नेपालले राजतन्त्रलाई स्थान दिने कुरा लिखित र मौखिक रुपमा कही पनि नभएको बताउनुभयो ।२०६२र ०६३ को जनआन्दोलनमा नेतृत्व गर्ने आफु र स्वर्गीय गिरीजाप्रसाद कोइरालाले कुनै पनि ठाउँमा राजतन्त्रको पक्षमा सम्झौता नगरेको बताउँदै नेता नेपालले अब बंश र इश्वरीय अवतारको रुपमा फेरी शासन गर्ने दिन सकिएको बताउनुभयो । ‘फालिएको राजतन्त्र अब फर्कन सक्दैन’, नेता नेपालले भन्नुभयो, ‘अब राजा महाराजाको युग सकियो, यो जनताको युग हो । नेता नेपालले राजाका लागि पहिलेजस्तै ब्यापार ब्यबसाय राम्रो भएकाले त्यसमै लाग्न सुझाब दिनुभयो।नेपालले बाबुराम भट्टराई सरकार हटेको २४ घण्टा  भित्रै नयाँ बजेट ल्याउन सकिने दावी गर्नुभयो । पदमुक्त सरकारले नयाँ बजेट ल्याउन नसक्ने भन्दै उहाँले सरकार हटेको २४ घण्टामा बजेट ल्याउन सकिने बताउनुभयो ।‘यो सरकारले पुर्ण आकारको त के पुरक बजेट समेत ल्याउन सक्दैन’ उहाँले भन्नुभयो, ‘बजेट नआउँदा मुलुक बर्बाद भयो भन्ने अर्थबिद भट्टराइले संकट मोचनकासरकारबाट हटेर मार्ग प्रशस्त गर्नुपर्छ ।
ल्भधक अगत
Don't Miss
© all rights reserved
made with by netKUTI