असार २४ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य किरणबीच भेटबार्ता भएको छ । भेटमा राजनीतिक निकास, दुई पार्टीबीच कार्यालय बाँडफाड सम्वन्धी विवाद, बजेट लगायत विषयमा छलफल भएको श्रोतले जनाएको छ ।पार्टी विभाजन पछि दुई पार्टीका नेताबीच पहिलो पटक भेट भएको हो । एकीकृत नेकपा माओवादीबाट फुटेर नेकपा माओवादी गठन गरे पछि अध्यक्ष बनेका बैद्य सचिव देव गुरुङ सहित प्रचण्ड निवास लाजिम्पाट पुग्नुभएको थियो ।विभाजन पछि स्थानीय स्तरसम्म एकीकृत नेकपा माओवादी विरुद्ध आक्रामक रुपमा उत्रिएको वैद्य नेतृत्वको नेकपा– माओवादीले पछिल्लो चरणमा काँग्रेस, एमालेसँग सहकार्यका लागि छलफल गर्दै आएको छ ।