Responsive Ad Slot

latest

काठमाडौं जिल्ला अदालत परिसरबाट दुई दिनअघि बेपत्ता पारिएकी रजनी शाहीको सार्वजनिक गर्न अधिकारकर्मीहरुले माग

Sunday, July 8

/ by Admin BHOLA THAPA
असार २४ – काठमाडौं जिल्ला अदालत परिसरबाट दुई दिनअघि बेपत्ता पारिएकी रजनी शाहीको अवस्था सार्वजनिक गर्न अधिकारकर्मीहरुले माग गरेका छन् ।  आइतबार बिहान राष्ट्रिय महिला आयोगमा कार्यक्रम गरी महिला मानवअधिकारवादी संस्था ओरेक नेपालले २४ घण्टा भित्र शाहीलाई सम्पर्कमा नल्याए विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।शाहीको खोजीकार्यमा सुरक्षा निकायले उदासिनता देखाएको ओरेक नेपालकी अध्यक्ष डा। रेणु राजभण्डारीले बताउनुभयो । उहाँका अनुसार आफूलाई घरेलु हिंसा भएकोबारे उजूरी गरेपछि आफ्नै घर परिवारले रजनीलाई बेपत्ता पारेका हुन ।रजनीको खोजीका लागि सुरक्षा निकाय र प्रशासनमा जानकारी गराएपनि चासो नदिएको अधिकारकर्मीहरुको आरोप छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI