दोहा कतार/
‘नेपाली महिला समाजको चाहना एकता र सहयोगको सामाजिक भावना’ भन्ने
मूलनाराका साथ खाडी मुलुक कतारमा स्थापित पहिलो महिला सामाजिक संस्था
नेपाली महिला समाज कतारले संस्थाको पहिचान र सहयोगको भावना राख्दै परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ ।
दोहाको गोल्डन फोर्क रेस्टुरेन्टमा संस्थाकी अध्यक्ष रेखा राईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि एनआरएनए एनसिसी कतारका सल्लाकार मक्सुद आलम तथा अतिथिमा नेपाली चलचित्रकी नायिका सोभिता सिम्खडा नवोदित साहित्यिक मोबाइल पुस्तकालयका अध्यक्ष तीर्थ संगम राई, जनप्रगतिशिल मञ्चका अध्यक्ष रमेश भट्ट, अन्तर्राष्ट्रिय साहित्य समाज कतार च्याप्टरका अध्यक्ष हेमन्त परदेशी, सन्ध्या गु्रप अलखोर कतारका अध्याक्ष थर्चा लामा, एनआरएनए एनसिसीका उपाध्यक्ष गुरुनारायण भाट, आदिवासी जनजाति महासघंका अध्यक्ष मानबहादुर साँवा, नवोदित वाचनलयका उपाध्यक्ष युगयोगी राई, मोरङ सुनसरी सेवा समाजका खगेन्द्र कार्की, तँनहु सेवा समाजका अध्यक्ष निमलाल कुमाल, व्यवसायी निरञ्जन भण्डारीलगायतका विभिन्न संघ–संस्थाका प्रतिनिधिको सहभागिता थियो ।
कार्यक्रममा संस्थाकी सचिव अमिना खानले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा सभापति, प्रमुख अतिथि, अतिथिहरूले दीप प्रज्ज्वलन गर्दै राष्ट्रियगान प्रस्तुत गरिएको थियो । यसैगरी संस्थाकी सहकोषाध्यक्ष संगिता लामाले ‘पूर्वको मेची नि हाम्रै हो पश्चिम महाकाली नि हाम्रै हो हामी नेपाली हाम्रो नेपाल...’ भन्ने बोलको गीतमा नृत्य प्रस्तुत गरी सबैलाई मनोरञ्जन दिएकी थिइन् । यस्तै बाबुराम परियरले ‘हावा चलो सरर...’ बोलको गीत गाएका थिए ।
कार्यक्रमममा उपस्थित प्रतिनिधिले आफ्नो आफ्नो मन्तव्य राख्दै आफ्नो ठाउँबाट हुन र गर्न सक्ने सहयोग गर्ने बताएका थिए । परिचयात्मक कार्यक्रम भए पनि उपस्थित कतारमा छरिएर रहेका साहित्यकारहरूले कविता वाचनसमेत गरेका थिए ।
कार्यक्रममा महिला समाजलाई स्थपनादेखि नै ठूलो योगदान दिएको भन्दै समाजले मक्सुद आलम, ऐक्यबद्धता मासिक पत्रिकाका कतार प्रतिनिधि तिलविक्रम थेवे, समाजसेवी शशी श्रेष्ठ, सोया दाहाललाई खादा ओढाएर सम्मान गरेको थियो ।