चितवन जेठ २७ , राजमार्गमा दिउँसै सवारी लुट्पाटमा संलग्न ११ जनाको गिरोहलाई शनिबार मुग्लिङ प्रहरीले पक्राउ गरेको छ । माइक्रोबसमा ठुलो परिमाणमा सुन ल्याएको थाहा पाएपछि पिच्छा गर्दै चालकलाई नियन्त्रणमा लिई सुन लुट्पाटमा संलग्न सो समुहलाई धादिङ प्रहरीको सहयोगमा पृथ्वी राजमार्गको जोगिमारा र बैरेनीबाट पक्राउ गरिएको हो ।
