Responsive Ad Slot

latest

यातयात व्यवसायी र ट्रेड यूनियन संघ संगठनद्धारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

Wednesday, September 4

/ by Admin BHOLA THAPA
नेपालगन्ज/बााके जिल्लाका यातयात व्यवसायी र ट्रेड यूनियन संघ संगठनद्धारा बाल श्रमिक नराख्ने प्रतिबद्धता जनाएका छन् । महिला तथा बालबालिका कार्यालय, जिल्ला बालकल्याण समितीको आयोजना तथा सिविन–नेपाल, युनिसेफ, प्लान नेपाल सेफ द चिल्ड्रन इन्सेक, हिमराइट्स, जिल्ला बाल क्लब सन्जाल, जिल्ला युवा क्लब सन्जाल, एडभोकेसी फोरम, स्याक नेपाल, बााके युनेस्को क्लव लगाएतका बालअधिकार तथा मानव अधिकारवादी संघसंस्थाहरुको सहकार्यमा बाल हिंसा विरुद्ध अभियान बााकेमा सन्चालनमा रहेको छ । “बालबालिका माथि हुने हिंसाको अन्त्यका लागि, हातेमालो गरौ, आवाज उठाऔ, लुकेका बालहिंसालाई उजागर गरौ”भन्ने मुल नाराका साथ कार्यक्रमको शुरुवात गरिएको हो । नेपालगन्ज नगरपालिका कार्यालय नेपालगन्जको सहकार्यमा आज बााकेका ट्रेड यूनियन, यातायात व्यवसायीसंग अन्तरक्रिया कार्यक्रममा बााके जिल्लाका यातयात व्यवसायी र ट्रेड यूनियन संघ संगठनद्धारा बाल श्रमिक नराख्ने प्रतिबद्धता जनाएका छन् ।

महिला तथा बालबालिका कार्यालय, बााकेका सुपरभाइजर सविता राणाले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । बालबालिका भनेका जोखिमपूर्ण अवस्थामा रहने भएकोले बालबालिकालाई सही मार्ग निर्देशन गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा अभियानको उद्धेश्य माथि एडभोकेसी फोरमका संयोजक बशन्त गौतमले प्रष्ट पार्नु भएको थियो । साथै नेपालको बाल श्रम सम्बन्धि कानुनी अवस्था,कानुनी प्रक्रिया र दण्ड सजाय बारे पनि प्रष्ट पार्नु भएको थियो ।

सो कार्यक्रमका युनिसेफका राष्ट्रिय परामर्शदाता मदन जोशीले बाल श्रम र यसका विभिन्न स्वरुप बारेमा जानकारी गराउनु भएको थियो । यस क्रममा उहााले १४ बर्ष मूनिका बालबालिकालाई कुनै पनि कार्यमा लगाउन नपाउने र १४ बर्ष माथिका बालबालिकालाई काममा लगाउादा अभिभावक र श्रम कार्यालयसंग अनुमतिमा जोखमरहित कार्य दिउासोमा मात्र लगाउन पाइने कानुनी प्रावधान रहेको जानकारी गराउनु भयो । त्यसै गरी सेफ द चिल्ड्रनका बाल संरक्षण अधिकृत मीना पराजुलीले बाल हिंसाका विभिन्न रुप बारे जानकारी गराउनु भएको थियो । छलफलका क्रममा उहााले नेपालमा १६ लाख बाल श्रमिक रहेको र बााके जिल्लामा ४२०० बाल श्रमिक रहेको मध्ये नेपालगन्ज नगरमा मात्रै २९०० श्रमिक रहेको तथ्याड्ढ प्रस्तुत गर्नु भएको थियो ।
अन्तरक्रियामा सहभागी हुनु भएका ट्रेड यूनियन कााग्रस यूनियन स्वतन्त्र बााकेका अध्यक्ष विरेन्द्र कुमार शाहले बाल श्रम जहाा पनि हुन सक्ने हुदाा सर्वप्रथम अभिभावकहरु सदैव सचेत हनु पर्ने र यस्ता अभियान निरन्तर चलाई रहनु पर्ने बताउनु भयो । ट्रेड यूनियन, यातायात व्यवसायी सम्पूर्ण पदाधिकारीहरुले बाल श्रमिकहरु नराख्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो । ट्रयाक्टर ब्यवसायी संघका बााकेका अध्यक्ष गगन विक, श्रम कार्यालयका पार्वती आर्चाय, जिफन्टका पूर्ण बहादुर केसी, यूनिसेफ नेपालगन्जका बाल संरक्षण अधिकृत रामप्रसाद गौतम, सिविन नेपालका रमा अर्याल लगायत अन्य सहभागीहरुले समाजमा बालहिंसाका घटनाहरु कुरिति, गरिबी, अशिक्षा, चेतनाको कमीका कारण बाल हिंसा बढी रहेको बताए । बाल हिंसालाई न्युनीकरण गर्न घरघरबाट नै सचेत हुनु पर्ने, ग्रामीण स्तरमा कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा अनुगमन निरन्तर गर्नु पर्ने र बाल श्रम सम्बन्धि कानुनी प्रक्रिया बारे सबै क्षेत्रमा सचेतना फैलाउनु पर्ने भन्ने विचार राखेका थिए ।
अक्टोबर ११, २०१३ सम्म विभिन्न कार्यक्रम सहित बालहिंसा विरुद्धको अभियान विभिन्न सरोकारवाला निकायसँग बालबालिकाको विभिन्न मुद्धामा छलफल गरिने आयोजकले जानकारी दिएको छ । सो अन्तरक्रिया कार्यक्रममा आउनु भएका सम्पूर्ण सहभागीहरु साथै ट्रेड यूनियन, यातायात व्यवसायीहरुले बाल हिंसा न्यूनीकरण गर्ने अभियानमा प्रतिबद्धता जनाएका थिए साथै बाल श्रमिक नराख्ने पनि प्रतिबद्धता जनाएका थिए । सो अन्तरक्रिया कार्यक्रमको सहजीकरण नेपालगन्ज नगरपालिका नेपालगन्जका सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले गर्नु भएको थियो ।-सोम गरुङ, 
Don't Miss
© all rights reserved
made with by netKUTI