सानै देखी साहित्यिमा रुचि राख्ने सेलिङ सतासिधाम-९ झिल्झले झापामा ३८ वर्ष पहिले जन्मेका हुन । उनी नेपाली साहित्यमा जोगाउन प्रवासबाट पनि लागि परिरहे । वि.सं. २०५६ -"अभिब्यक्ति" समसामायिक लेख संग्रह नेपाल छदै २०६३-"आफ्नो मलामी" कविता संग्रह र २०६५-"चीरसव" कथा संग्रह कतार अँए पछि प्रकाशन गरिसकेका छन । स्कुलले जीवनमा प्रथम हुर्दै थुप्रै पुरस्कारहरु पाई सकेको उनले चन्द्र सुर्यसिप विकाश केन्द्रझापा बाट सम्मान पत्र समेत प्राप्त गरेका छन ।
आइए सम्म अध्ययन गरेका सेलिङ ९ वर्ष देखी कतारको एक कम्पनीमा स्काफोल्डी हुदै हाल अफिस क्लर्कमा कार्यरत थिए । कतारमा पनि साहित्यिमा निकै लगाव राख्ने सेलिङ ६ वर्ष देखी सन्ध्या ग्रुप अलखोरको मातहतमा संचालन भएको मुग्लानी सौगातका प्रधान सम्पादकको रुपमा मात्र काम गरेनन अन्तराष्ट्रिय साहित्यि समाज कतार च्याप्टरका सह सचिव तथा नवोदित साहित्यिक मोवाईल पुस्तकालयका सल्लाहकार समेत हुन ।
सानै उमेरमा वैवाहिक सम्बन्धमा गाँसिएका सेलिङका दुई छोरा छन । नेपालमा पनि झापाबाटै प्रकाशन हुने विहानी साहित्यिक पत्रीकामा लामो समय देखी सम्पादकको भूमीका निभाएका सेलिङ छोराहरुको भविष्य खोज्न प्रवासीदा आफ्नो भविश्य नै हराएको जस्तो लागेपछि ९ वर्षको कतार बसाईलाई विट मार्दै १४ अगष्टमा स्वर्देश फर्केकाछन । नेपालीमा गएर कृषिसंगै आफुले संचालन गरेका साहित्यिक पत्रिका विहानीलाई फेरी निरन्तरता दिने सोचमा रहेका छन । कवितालाई आफ्नो प्राण ठान्ने सेलिङले दोहा बसाईको क्रममा "आफ्नो मलामी"कविता संग्रह र "चीरशव"कथा संग्रह गरि दुई छोरा जन्माएका छन भने नेपालमा गएको केही समयमा नै उनले बेनाम कविता संग्रह निकाल्ने योजना छन । उनै कवि तथा कथाकार चन्द्रकुमार सेलिङ उफ ! सेलिङ केसी संग गरिएको कुराकानि ।
कतारको साहित्यिक माहोललाई कसरी नियाल्नु भएको छ ?
दोहामा कि्रयाशिल साहित्यक संस्थाहरुको गतिविधिहरु भइरहने भएकोले पनि साहित्यमा रुचिभएका सर्जकहरुलाई अवसर मिलेको छ । सिमित साहित्यकार र सानो ठाउँ भएकोले पनि एकठाउँको सर्जको सृजना अर्को ठाउँको सर्जकहरुले हेर्ने अवसर पाएँका छन । हामीले सृजना गरेको साहित्यिमा राजनिती करण आउन दिनुहुदैन । उदाहरणको लागि विशेश्वर प्रसाद कोइराला पारिजात जस्ता बरिष्ठ साहित्यिकारहरुलाई नै हेर्दा हुन्छ । उनीहरु एक कुशल राजनितीज्ञ भए पनि उनिहरुको सृजनामा राजनितीक गन्धसमेत पाईदैन त्यस्ले गर्दा भाविपुस्ताहरुलाई पनि सकारात्मक सन्देश जान्छ । समग्रमा भन्ने हो भने दोहाको साहित्यिक माहोल राम्रो नै छ ।
सर्जकहरुलाई के भन्न चाहानुहुन्छ ?
साहित्यि सृजना रहरले हुने कुरा होईन । रहरले साहित्यि सृजना गर्नु भन्नु दिवा सपना जस्तै हो ।सर्जकहरुले अध्ययानलाई जोड दिनुहोला । अध्ययानले हामीलाई निखारता ल्याउछ । साथै कृति निकाल्नलाई हतार नगर्नुहोला । सिर्जना गन्थन हैन बिचार चिन्तन र मनोराजनपरक होस तब मात्र त्यो सिर्जना र कृतिको अस्तीत्व हुनेछ । आफु दक्ष र खारीए पछि मात्र कृति निकाल्न तिर सुझाव दिन्छु ।
कतारबसाईलाई अन्त्य गर्नुको कारण ?
खासै कारण केही पनि होइन लामो समय देखी कतारमा बसियो अव परिवारको साथमा बसौ भनेर मात्र हो ।
के योजना बनाउनु भएको छ त ?
खासै यसै गर्छु भन्ने त छैन । साहित्यिक पत्रकारीता संगै कृषि पेशालाई नै अवलम्वन गर्नु पर्ला ।
प्रवासबसाई अन्त्य गर्दै हुनुहुन्छ यहाँको कुनै स्मरणिय क्षँण
साहित्यिमा सानै देखी रुचिभएकोले कतारमा साहित्यिमा रुमल्लिरहेको बेलामा मुग्लानी सौगत दैमासिक पत्रिकामा आफुलाई अवसर दिएको क्षण । साहित्यिक जमघट साहित्यिक सहकर्मीहरु र सर्जकहरुलाई जहाँ र जुन अवस्थामा पनि भुल्ने छैन ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
सर्वप्रथम त यहाँका राजनितीक दलहरुलाई साहित्यिमा राजनिती नगर्नुहुन अनुरोध गर्दछु । राजनिती गर्नुछ भने आÏनै देशमा गर्नु । कतारबसाईमा मेचि देखी महाकाली सम्मका साथीभाईहरुसंग सर्हकार्य भयो नेपालमा रहेपनि सम्पर्क र सहकार्य भइरहोस भन्दै तपाईहरुको कतारबसाई सफल र सुखमय रहोस भन्ने कामना गर्दछु ।
प्रस्तुती ः राजेश्वर ढकाल