नेपाली जनसंपर्क समिति बेल्जियमको आसन्न तेश्रो अधिवेसन अन्तरगत क्षेत्रिय समिति तथा केन्द्रिय प्रतिनिधि छनौटको लागि ब्रसेल्स क्षेत्रको अधिवेसन आज २५ सेप्टेम्बर २०११ आइतबारका दिन संपन्न हुन गैरहेको छ ।
प्रत्येक क्षेत्रका कुल साधारण सदस्यहरुबाट २५ प्रतिशत सदस्यहरु केन्द्रिय महाधिवेसनमा भाग लिन पाउने नेपाली जनसंपर्क समितिको विधान २००६ (२००८ र २००९ परिमार्जनन र शंशोधन सहित मिलाइएको रुपमा) मा व्यवस्था गरिएको छ । नेपाली जनसंपर्क समितिको ब्रसेल्स क्षेत्रबाट लगभग २५७ साधारण सदस्यहरु सदस्यहरु रहेका छन् । २५ सेप्टेम्बर २०११ का दिन KU Leuven Pangaeae ,Vesaliusstraat 34,3000 Leuven मा १२ बजेबाट उक्त आयोजना गरिएको नेपाली जनसंपर्क समिति श्रोतले जनाएको छ । यसपुर्व नेपाली जनसंपर्क समितिले गेण्ट तथा वेस्ट भ्लान्डरेन र ब्रसेल्स तथा आन्त्रोपेन क्षेत्रको अधिवेसन तथा क्षेत्रिय समिति गठन निर्विरोध रुपमा गरिसकेको छ । धेरै सदस्यहरु रहेको तथा धेरै केन्द्रिय प्रतिनिधीहरु चयन हुने लुभेन क्षेत्रले आगामी नेतृत्व चयनको लागि महत्वपुर्ण प्रभाव पार्ने भएकाले र अन्तिम क्षेत्र रहेकाले आगामी नेतृत्वका आकाँक्षीहरु आन्तरिक रुपमा सक्रिय गृहकार्यमा व्यस्त रहेको पाइएको छ । निविरोध तथा सर्वसम्मत रुपमा क्षेत्रिय प्रतिनिधिी र क्षेत्रिय समिति निर्वाचित हुन सकेनन् भने करिव ६७ जना जतिको निर्वाचन गर्नु पर्ने छ जुन अत्यन्तै कठिन हुनेछ ।
नेपाली जनसंपर्क समिति बेल्जियमले यस क्षेत्रिय भेलामा अनिवार्य रुपमा उपस्थित हुनको लागि सम्पुर्ण साधारण सदस्यहरुलाई अनुरोध गरेको छ ।
चारै क्षेत्रको अधिवेसन पश्चात केन्द्रिय अधिवेसन २३ अक्टोबरमा लुभनेमा हुनेछ ।