Responsive Ad Slot

latest

गोरखा कारागारबाट ज्यान मार्ने उद्योगमा जेल सजाय काटिरहेका एक कैदी फरार भएका छन् ।

Thursday, September 22

/ by Admin BHOLA THAPA

गोरखा, आश्विन ५ गते चितवन बगौली-१ का ४५ वर्षीय कैदी बुद्धिबहादुर दराई बिहीबार बिहान भागेको प्रहरीले जनाएको छ । बिहान पाँचबजेतिर गन्ती गर्दासम्म कारागारमै रहेका दराई कसरी फरार भए भन्नेबारे छानविन जारी रहेको गोरखा प्रहरीले जनाएको छ । दराई सासु हत्याको मुद्धामा जेल परेको बताइएको छ । दराई को खोजीका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको गण्डकी अञ्चल प्रहरी कार्यालयले जनाएको छ । यसैबीच कैदी भागेको विषयमा छानविन गर्न कारागारका जेलरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI