Responsive Ad Slot

latest

पृथ्वी राजमार्ग क्षेत्रमा सन्चालित होटलहरुमा म्याद नाघेका र अखाद्य पदार्थहरु समेत विक्री वितरण

Thursday, September 22

/ by Admin BHOLA THAPA
तनहुँ खबर डट कम धादिङ, आश्विन ५ पृथ्वी राजमार्ग क्षेत्रमा सन्चालित होटलहरुमा म्याद नाघेका र अखाद्य पदार्थहरु समेत विक्री वितरण भैरहेको पाईएको छ । जिल्ला खाद्य तथा अनुगमन समिति धादिङले पृथ्वी राजमार्ग क्षेत्रका होटहरुको अनुगमन गर्दा यस्तो पाईएको हो । अनुगमनको क्रममा टोलीले झण्डै एक गाडी म्याद नाघेका वियर, पेप्सी, मिरिन्डा, कोक, फेन्टा लगायतका पेय पदार्थ र करिव २ बोरा चामल सहितका खाद्य पदार्थहरु नियन्त्रणमा लिएको छ । अनुगमनका क्रममा होटलहरुले अत्याधिक मुल्य लिने गरेको समेत पाईएको छ । आफुखुसी मूल्य निर्धारण गर्ने गरेका होटलव्यावसायीहरुले अनुगमन टोली गएको थाहापाएपछि एक्कासी मूल्य घटाएका थिए । धादिङका सहायक प्रमुख जिल्ला अधिकारी एवम् खाद्य गुणस्तर तथा अनुगमन अधिकृत कृष्ण गैरेको नेतृत्वमा रहेको सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि र सञ्चारकर्मी सहितको टोलीले पृथ्वी राजमार्गको सिम्लेदेखि खानीखोलासम्म रहेका होटलहरुको अनुगमन गरेको हो ।
Don't Miss
© all rights reserved
made with by netKUTI