Responsive Ad Slot

latest

बाल स्वावलम्बन समूहको भेला सुरु

Thursday, September 22

/ by Admin BHOLA THAPA
तनहुँ खबर डटकम समुन्द्र पौडेल दमौली असोज ५ गते जिल्ला स्तरीय बाल स्वावलम्बन समूहको आयोजनामा बाल स्वावलम्बन समूहको पाँचौ भेला बिहीबारदेखि व्यास नपा–५, शेवर स्थित सर्वज्योति माध्यमिक विद्यालयमा सुरु भएको छ । भेलाको चिल्ड्रेन नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक रामचन्द्र पौडेलले उद्घाटन गरे । जिल्ला स्तरीय बाल स्वावलम्बन समूहकी अध्यक्ष हिरा परियारको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा जिल्ला बाल अधिकार अधिकृत सरीता कार्की, विद्यालय निरीक्षक रामप्रसाद शर्मा, सर्वज्योति माविका प्रधानाध्यापक अमृत पन्त, विव्यस अध्यक्ष हरिभक्त अधिकारी, बाल स्वावलम्बन समूह सर्वज्योति माविका अध्यक्ष सन्दिप बरुवाल, जिल्लास्तरीय बाल स्वावलम्बन समूहका सचिव सुजन परियार, सह–सचिव पुनम पाण्डे, को भेलाले जिल्लामा बालबालिकाले भोगेका समस्या तथा सवालहरु माथि छलफल गरी सोको न्यूनिकरण तथा बालअधिकार सुनिश्चित गर्न स्वयं बालबालिका, अभिभावक तथा राज्यको भूमिका समेत पहिचान गरी जिल्लास्तरीय घोषणापत्र तयार गरी जारी गर्ने चिल्ड्रेन नेपालका तनहँु संयोजक रमेश सुवेदीले बताए । तीन दिनसम्म चल्ने भेलामा व्यास नगरपालिका, क्यामिन, पोखरीभञ्ज्याङ, घाँसीकुवा, जामुने लगायतका १२ विद्यालयका ४२ विद्यार्थी सहभागी छन् । भेलामा जिल्ला स्तरीय बाल स्वावलम्बन समूहको गत वर्षको वार्षिक कार्य प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुती तथा छलफल, जिल्लास्तरीय बाल स्वावलम्बन समूहको आगामी वर्षको कार्ययोजना, जिल्लास्तरीय बाल स्वावलम्बन समूहको आगामी वर्षका लागि नयाँ कार्य समितिको चयन हुने जिल्ला संयोजक रमेश सुवेदीले बताए ।


Don't Miss
© all rights reserved
made with by netKUTI