दमौली चिजकुमार-बिष्णकुमारी क्याम्पस तथा पबित्रा उच्च मावि बन्दिपुर-१ नाहालामा कार्तीक १ गतेदेखि श्रीमद भागवत महायज्ञ हुने भएको छ । उक्त महायज्ञमा पण्डित दिनबन्धु पोख्रेलले प्रवचन गर्नुहुने बताइएको छ । कार्तीक १० गतेसम्म साचालन हुने महायज्ञबाट क्याम्पस भवन निर्माणका सहयोग संकलन गरिने र उक्त महायज्ञ साचालनका लागि मानकाजी श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय मुल समिती तथा उपसमिती गठन गरिएको छ । त्यस्तै छविलाल थापको संयोजकत्वमा ३८ सदस्यीय उप समिती गठन गरिएको बताइएको छ । Source: हाम्रो तनहुँ