Responsive Ad Slot

latest

द्धन्द्धपिडीतहरुसगं छलफल

Saturday, September 24

/ by Admin BHOLA THAPA
नवलपरासी असोज ७ गते नवलपरासीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक को आयोजनामा द्वन्द्वपीडित परिवारहरुलाई मेलमिलाप गर्ने उदेश्यले सार्वजनिक अनुभव आदानप्रदान कार्यक्रम संचालन गरिएको छ । द्वन्द्वपीडित तथा पुनर्मिलन मञ्चको अगुवाईमा जिल्लाको पंञ्चनगरमा मानव अधिकार, लोकतन्त्र र शान्तिका लागि स्थानीय पहल परियोजना अन्तर्गत सो कार्यक्रम संचालन भएको गरिएको थियो ।मञ्चकी अध्यक्ष रिता फौजदारको अध्यक्षता र इन्द्रप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मञ्चकी सदस्य सुशिला भट्टराईको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन सहजकर्ता नम्रता शाहीले गरेकी थिइन् । कार्यक्रममा ई्न्सेकका जिल्ला संयोजक होमराज कुँवरले जिल्लामा द्धन्द्धपिडित र तिनका घरपरिवारको बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।कार्यक्रममा द्वन्द्वपीडित मध्येका सोमनीका वशिष्ट प्रसाद चौधरी, पञ्चनगरका साने शर्मा अधिकारी, जितबहादुर चौधरी, राजामहात्मा पूर्णभद्र उच्च मा।वि।का प्राचार्य रुद्र प्रसाद भण्डारी, सहित बिभिन्न राजनििितक दलका प्रतिनिधीहरुले द्धन्द्धपिडितको समस्या समाधान गर्न सरकार सगं माग गरेका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI