रोशन तिवारी पर्वत असोज १४ दशै नजिकिदैं गएकाले पर्वतका ग्रामिण सडक मर्मत कार्य शुरु गरिएको छ । जिल्ला विकास समितिले जिल्लाका मुख्य र सहायक सडक मर्मत कार्य गर्न लागिएको हो । जिल्लाका १६ वटा मुख्य सडक र ८ सहायक गरी २४ सडक ५ वटा डोजर परिचालन गरि मर्मत गर्न थालिएको हो । लामो समयको वर्षाका कारण सडकमा पहिरो तथा खाल्डाखुल्डी पर्दा सवारी साधन सञ्चालन हुन सकेका छैनन् । पर्वत सदरमुकाम कुश्मा बजारलाई दक्षिणसंग जोड्ने दोबिल्ला–फलेवास बाच्छा सडकखण्ड, कार्किनेटा– लुखुंदेउराली सडक, वालिङ्ग–हुवास रानिपानी सडक,कुश्मा–दुर्लुङ्ग–लेस्पार सडक लगायत १६ मुख्य सडक र मुख्य सडकहरुलाई जोड्ने अन्य सडक मर्मत थालिएको जिल्ला प्रविधिक कार्यालयका इन्जिनियर जगदिश शर्माले जानकारी दिनुभयो ।