निमुसङ्गम घर्ती
दाङ , असोज १४
दाङ , असोज १४
सन् २०१४ सम्म दाङ जिल्लालाई नै खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्यअनुसार दाङका सात वटा गाविसलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अन्तिम तयारी भएको छ । खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान अन्तर्गत दाङका श्रीगाउँ पवननगर शान्तिनगर बिजौरी रामपुर लक्ष्मीपुर र हलवार गाविसहरु अन्तिम चरणमा रहेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङले जनाएको छ । यी गाविसहरुका करिब ९० प्रतिशत घरमा शौचालय निर्माण भइसकेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख गणेशबहादुर थापाले जानकारी दिनुभएको छ । यी गाविसहरु आगामी एक दुई महिनाभित्रसम्ममा खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसक्ने थापाले बताउनुभयो । यी गाविसहरुले चैतभन्दा अगाडि नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखेका छन् ।
दाङको रत्न उद्यान संरक्षणविहीन
रत्न उद्यान बेल्झुण्डी दाङ संरक्षरणविहीन भएको छ । आजभन्दा १७ वर्षअघि तत्कालीन राजा वीरेन्द्रले मुमा रत्नको सम्झनामा निर्माण गरिएको रत्न उद्यान आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उद्देश्य रहेको थियो । तर विगत ५ वर्ष यता न सरक्षण भयो न त प्रवद्र्धन नै हुन सक्यो रत्न उद्यान बेल्झुण्डी । संस्कृत विश्वविद्यालयको हातामा रहेको झण्डै ३५ विगाह क्षेत्रफलमा रहेको रत्न उद्यानमा केही समयअघि चराचुरीङ्ग जङ्गली जनावरको आश्रयस्थल भएको थियो ।