रवि रोषी
फागुन ६ गते ।
जीवनमा कहिलै नेपाल नदेखेका बंगलादेशका मोहम्मद सैयद जमान नेपाली पासपोर्ट बोकेर कतार आईपुगे । ढाकाबाट करीब ६ घन्टा बसयात्रा गरेपछि उनको जिल्ला बोग्रा पुगिने दुर्घाहाटा डाकघर अन्तर्गत पोनिर पाडावासी नेपाली पासपोर्ट बाहक मोहम्मद सैयद जमान गत फेबु्रअरी ८मा बंगलादेशकै हवाईमार्ग हुँदै कतार आईपुगेका हुन् । तनहुँ जिल्ला पुर्कोट गाविस ५ का कृष्ण हरि सुयालको पासपोर्ट गोजीमा हालेर उनको नाममा बहाल रहेको पासपोर्ट प्रयोग गरेर उनी कतार छिरेपछि यो राज खुल्न आएको हो ।
गिट्टु नाम गरेका गाउँकै एजेन्ट मार्फत उनी बंगलादेशको राजधानी ढाकामा रहने अख्तर जमाम नाम गरेका अर्का एजेन्ट मार्फत कतार आउने सुयोग मिलेको हो । गाउँकै एजेन्ट गिट्टुलाई बंगाली टाका २ लाख बुझाएका मोहम्मद सैयद जमानले आफ्नै पासपोर्ट प्रयोग गरेर फेब्रुअरी ८ तारिखमा ढाका एयरपोर्टबाट कतार आएको उनले प्रयोग गरेको जहाजको टिकटमा उल्लेखित उडान मितीले प्रष्ट पारेको छ भने तनहुँ निवासी कृष्ण हरि सुयालको पासपोर्टमा पनि अध्यागमन विभागको सिरीयल नम्बर ६६४९२४ सहित विभागको छाप फेब्रुअरी ८ मा नै देखिएको छ । यसको अर्थ सुयालको सक्कली पासपोर्टमा अध्यायगमन विभागको नक्कली छाप लगाउने काम बंगलादेशमा नै भएको हुनुपर्छ । मोहम्मद सैयदले बोकेर आएको नेपाली पासपोर्टको पछाडि रेड रोज इन्टरनेशनल म्यानपावर (प्रा.) लिमिटेड एकान्तपुर ललितपुर टाँसिएको स्टीकरमा एजेन्ट इगल भनेर उल्लेख गरिएको छ भने काठमाण्डौँ स्थित कमलादीमा रहेको न्यु फरेन् इम्प्लोवयमेन्ट टर्म लाईफ पोलिसी नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा मिती २०११÷१२÷२८ जीवन वीमा गरेको कागज पनि प्राप्त भएको छ । असली नेपाली राहदानी बाहक सुयालको पासपोर्टमा मोहम्मद जमानको फोटो टाँसिएको पाईएको छ । नेपाली पासपोर्टमा आफ्नो फोटो टाँसेर फर्जी प्रयोगको लागि नेपाली पासपोर्ट झोलामा हालेर बंगलादेशी पासपोर्ट प्रयोग गरेर दोहा आएका निज मोहम्मद सैयद जमानलाई के कस्तो कानूनी कारवाही हुन्छ भनी दुतावासका नवनियुक्त श्रमसहचारी ......... समक्ष जिज्ञासा राख्दा आफ्नै नाममा बहाल रहेको पासपोर्ट प्रयोग गरी आएको हुनाले आवश्यक कानूनी प्रकृया पुरा गरी उनलाई बंगालदेशनै फिर्ता गरिने उनले बताए । स्मरण रहोस् करीब १ बर्ष अघि एक बंगाली नेपाली पासपोर्ट प्रयोग गरी त्रिभुवन विमानस्थलको छाना प्रयोग गर्दै कतार आईपुगेका थिए र दुतावासले कतारको सम्पुर्ण कानूनी प्रकृया पुरा गरी थप कारवाहिको लागि नेपालमा नै फिर्ता पठाईएको थियो । 