latest

बन्दिपुरमा मोटरसाइकल दुर्घटना, दुई जना गम्भीर घाइते

Sunday, January 18

/ by Admin BHOLA THAPA

तनहुँ बिमलनगर । 

तनहुँको बन्दिपुर गाउँपालिका–४ चुनपहरा स्थित पृथ्वीराजमार्ग सडकखण्डमा आइतबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।

डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको प्रदेश ३–००८ प ४२५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो। 


दुर्घटनामा मोटरसाइकल चालक ललितपुर निवासी १८ वर्षीय आदर्श लिम्बु र पछाडि सवार भक्तपुर नगरपालिका–४ निवासी १८ वर्षीय मोरिन प्रसाद राजभण्डारी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

चालक लिम्बुको टाउको र मुखमा गम्भीर चोट लागेको छ भने पछाडि सवार राजभण्डारीको टाउको र अनुहारमा चोट लागेको छ। 

घाइते दुवैलाई तत्काल डुम्रेको लक्ष्मी सिटी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। त्यहाँबाट थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।


Don't Miss
© all rights reserved
made with by netKUTI