बन्दना पौडेल
मकवानपुर, असोज १४
मकवानपुर मनहरीकी एक महिलालाई दुई महिनापछि माइती नेपाल मकवानपुरले उद्धार गरेको छ । २८ वर्षका महिलालाई मामाघर बसेकी ८ वर्षकी छोरी लिन चितवन गएकी उनी फुपाजु नाता पर्नेसँग भारत पुगेकी थिइन । उनलाई उतै अर्को पुरुषसँग विवाह गरिदिए पछि मनमायाले -नाम परिवर्तन फोन मार्फत् आफू बेचिएको बताएकी
थिइन् । भारत पुगेर ३ तीन चार दिनपछि श्रीमान्लाई फोन गरेर उद्धारका लागि अनुरोध गरेकी थिइन् । त्यसपछि उनको परिवारले माइती नेपाल हेटौडामा पुगी अनुरोध गरेको थियो । विभिन्न प्रकृया पारी गरी दुई महिनापछि उनको उद्धार गर्न सफल भएको माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक माया लामाले बताउनुभएको छ ।