राज्य पुनर्संरचनाको लागि कहिले आयोग, कहिले समिति त कहिले विज्ञ समुह भनेर  अलमलिएका दलहरु अन्त्यमा नौ सदस्यीय आयोग बनाएर राज्य पुनर्संरचना गर्न  तयार देखिएका छन् । अध्यक्षविनाको आयोगलाई दुइ महिनाभित्र पुनर्संरचनाको  खाका तयार गर्न भनिएको छ । त्यसले तयार गर्ने खाका पनि संविधान सभाले पारित  नै गर्छ भन्ने कुनै निश्चित छैन । साझा सवालको यो अलिक फरक अंकमा हामी  संघीयता र राज्य पुनर्संरचनाबारे जनभावना बुझ्ना देशका बिभिन्न ठाउँहरुमा  पुगेका छौं। सुरुमा गोरखा,  त्यसपछि रोल्पा सदरमुकाम लिवाङ, मुगुको रारा र  गमगढी तथा बझाङको चैनपुर हामी पुग्यौं । त्यस्तै तराइको जिल्ला बीरगंज र  सुदुरपूर्व ईलामको फिक्कल पनि हामी पुग्यौं । राज्य पुनर्संरचनाकै विषयमा  छलफल गर्न आजको साझा सवालमा हामीसँग आयोगका सदस्य प्रा. डा. कृष्ण हाछेथु  स्टुडियोमा हुनुहुन्छ । साथै, राज्य पुनर्संरचना आयोगको प्रमुखमा प्रस्ताव  गरिए पनि सहमति नभएका प्रा. डा. कृष्ण खनाल, तराइबाट पत्रकारिता गर्नुहुने  चन्द्रकिशोरको विचार पनि यो साझा सवालमा समेटेका छौं ।
