नारायण सापकोटा
चितवन मंसिर ४-परमानन्द गुरुस्मृती साङ्गश्रीमद्भागबत धनधान्यान्चल बिराट् ज्ञानमहायज्ञलाई सफल पार्न चितबनको माडीमा रहेका ४ ओटै गा बि स मा प्रचार प्रसार तथा सहयोग उप समिती गठन गरीएको छ । श्रीहरीहर मन्दिर ,श्री हरीहर सन्यास आश्रम, श्री परमानन्द संस्कृत गुरुकुलम् देबघाट तनहुको आयोजनामा यहि मंसीर १६ गतेबाट २३ गते सम्म नवलपरासीको हर्कपुरमा संचालन हुन लागेको महायज्ञको अबसरमा सो समिती गठन गरीएको हो ।जस अन्र्तगत अयोध्यापुर िगा बि स मा रामचन्द्र घिमिरेको संयोजकत्व ५१ सदस्यीय समित िगठन गरीएको छ ।
यस्तै कल्याणपुर गा बि समा राम भक्त अधिकारीको संयोजकत्वमा ६३ सदस्यीय ,त्यस्तै बघौडा गाबिसमा शोभाखर चापागाईको संयोजकत्वमा ३७ सदस्यीय र गर्दी गा बि समा लक्ष्मी कान्त सापकोटाको संयोजकत्वमा ५५ सदस्यीय समिती गठन गरीएको छ । आगामी १० गते यज्ञ प्रचार प्रसारको लागी २हजार मोटरसाईकल सहितको र्याली निकालिने आयोजकले जानकारी दिएको छ ।१६ गते यज्ञ सुरु हुनु भन्दा अगाडी नारायणी नदि किनारबाट शोभायात्र निकालिने पनि बताईएको छ । बिराट् ज्ञानमहायज्ञको समुद्घाटन भने गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादबले गर्नुहुने आयोजकले बताएको छ ।