तनहुँ
मंसीर ४- नेपाल प्रेस युनियन तनहुँ शाखाको साधारणसभा मंसीर ७ गते हुने भएको छ । शाखाको आज बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । युनियनको केन्द्रको निर्देशनअनुसार देशभरका जिल्ला शाखाहरुमा साधारणसभा गरिंदैछ । आज बसेको युनियनको कार्यसमितिको बैठकले साधारणसभाका लागि आवश्यक तयारी आजैबाट शुरु गर्ने निर्णय गरेको छ । साधारणसभाको नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको युनियनका जिल्ला सचिव पवन पौडेलले जानकारी दिनुभयो ।