Responsive Ad Slot

latest

तनहुँमा बालगृह स्थापना हुने

Tuesday, November 8

/ by etanahun
तनहुँ खबर संवाददाता
तनहुँ, कार्तिक २२

तनहुँमा पहिलो पटक बालगृह स्थापना हुने भएको छ । खैरेनीटार गाविस-९ मा साचालन हुन लागेको बालगृहको स्थापनाको सम्पुर्ण तयारी पुरा भईसकेको बालगृहको स्थापना गर्न लागेको नेपाली जनताका लागि ऐक्यबद्धता नामक गैर सरकारी संस्थाले जनाएको छ ।
तनहुँमा हाल सम्म बालगृह नभएको हुँदा त्यहाँका असाहय र जोखिममा परेका तथा संरक्षण गर्नुपर्ने बालबालिकालाई अन्यत्र जिल्लामा पठाउनु पर्ने भएको कारण बालगृह स्थापना गर्न लागेको संस्थाका अध्यक्ष दिपक भट्टले जनाए ।
सो संस्थाले खैरेनीटार गाविस-९ मा १७ रोपनी जग्गा भाडामा लिई आवास भवन निर्माण गरीसकेको छ । सो बालगृहमा सुरुमा १२ जना बालबालिका राखिने र पछि त्यो संख्यालाई थप गर्दै लैजाने अध्यक्ष भट्टले बताए । हातेमालो बालगृह नामको सो बालगृह साचालनको लागि सो संस्थाले केन्द्रीय बालकल्याण समितिसँग अनुमति माग गरिसकेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI