कसैको पनि विश्वास नगर्नु
विश्वास घातिहरु यति बढेको छ,
कसैलाई पनि आफ्नो मन नदिनु
हरेकमा अविश्वासको मात चढेको छ /
आफन्त भनेर के गर्नु हुन्छ
आफन्तमा नै अभिमान बढेको छ,
दुनिया पैसाको होडबाजीमा
यति लोभमा गाडेको छ /
विश्वास नगरेर पनि के गर्नु
हरेकको बोलीमा फुंदा जडेको छ,
यसो सोच्दा त यस्तो लाग्छ
सबैले इन्द्रजाल पढेको छ /
कसैको कसैप्रति दया जाग्नेवाला छैन
छाती भित्र सैतान लडेको छ,
अनुहार कोमल देखेर के गर्नु र ?
भित्रि मन यति डढेको छ /
भन्छन बुढा पाका हरु यो कली
चरम सीमामा बढेको छ,
तर म भन्छु हरेकको
सोचाई यति सडेको छ ///
गणेश थापा
बसन्तपुर ४ तनहुँ
हाल यु. ए. ई. (दुबई )