काठमाडौं,
मंसिर ७-प्रमुख प्रतिपक्षी दल नेपाली काङग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठकमा पाटि भित्रको आन्तरिक विवाद र समसामयिक राजनीतिक परिस्थितिका बारेमा बैठकमा छलफल हुनेछ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा दलहरुसंग भएको पछिल्लो सहमतिका साथै संविधान निर्माण, शान्ति प्रक्रियाका विषयमा पनि छलफल हुने बुझिएको छ ।यसैबीच काग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले आजको केन्द्रीय समितिको बैठक बहिष्कार गर्ने बताएको छ ।
