म नेता बन्छु आमा !!
अरू खेल भन्दा राजनीति खेल निष्पक्ष हुन्छ रे
मलाई मन पर्ने
भाई मारे गवारे लुटे भन्ने उखान त्यहाँ लागु हुन्छ रे
आफ्ना दिदी बैनी र अरू समान हुन्छन् रे
आमा ! तिम्रो मुल्य र अस्तित्व
राजनीतिमा मोल्न पाईन्छ रे
त्यसैले म नेता बन्छु आमा !
गरिबको रगत र पसिनाले
हाम्रो माटोलाई सिंचित गर्दै र उर्बरा बनाउँदै
देशको अस्तित्व
जनताको स्वाभिमान र बिकासलाई
कर्णालीमा होम्दै
भारतको सुख्खा रुख्खा जमिन भरी सिंचित गराउन पाइन्छ रे
त्यसको बापत आमा
तपाईलाई थाह छ ?
जब मैले देशको लागि कुनै निर्णय लिनु छ भने
भारतमुखी हुन पाईन्छ रे
देशको धुकुटिले आफ्नो ढुकुटी भर्दै
आफ्नै घर परिवारको बिकास गर्न पाईन्छ रे
आफ्नो कार्यकालमा
नाम .मान र सम्मानका लागि
स्वाभिमान पनि बन्धक राख्न पाईन्छ रे
त्यसैले म नेता बन्छु आमा !
सायद ,तपाईलाई यो पनि थाह छैन होला आमा
आफु नेता भै सकेपछी
जनताको चाहना र अधिकारलाई
दु;खी ,गरिबका परिश्रम र मिहेनतबाट
चुहिएको पसिना र बगेको रगतलाई
उठाएर
भुसमा मिलाई
घट्टामा पिसेर निस्किएको पिठो
राहत भनेर तिनै दु;खी र गरिबलाई नै बाड्न पाईन्छ रे
जनता सुखी हुन् या दु;खी
सिंहदरबार भित्रको कुर्चीले
सधैँ स्वागत गरिरहन्छ रे
त्यसैले म नेता बन्छु आमा !
आमा ! सपना पुरा नहुँदा श्राप हैन
तपाईले मलाई आशिर्बाद दिनु पर्छ
गर्भ तुहाउने कुरा नगर्नुस्
म जस्तो नेताको जन्म दिनु पर्छ
मलाई लाख गाली गर्नुस्
बोरु कुट्नुस् आमा !
म सहन्छु
साँच्चै एक शब्द बोल्दिन
किनकि
म तिम्रो सन्तान भरिमा बहादुरी कहालिनेछु
भाईहरुको आबस्यकता हुँदैन मलाई
दिदी बैनीको ईज्जत चाहिंदैन मलाई
दु;खी र गरिबको रगत र पसिना मेरो हातमा हुनेछ
झुटो आश्वासन मेरो साथमा हुनेछ
जनताको स्वाभिमान र देशको अस्तित्व
मान प्रतिष्ठा ,धन सम्पत्ति सबै मेरै हुनेछ
मात्र आमा ! तपाईले मसँग सम्झौता गर्नु पर्नेछ
म तिम्रो सन्तान हुँ
त्यसैले आशिर्बाद देऊ मलाई
म नेता बन्छु आमा
साँच्चै तिम्रो सपना पुरा गर्ने छु
म नेता बन्छु आमा !!
सुमित्रा पौडेल ''आचल ''
भरतपुर चितवन
हाल --इजरायल